Logo

सम्बन्धलाई बलियो बनाउनका लागि यस्ता उपाय अपनाउनुहोस्!



Spread the love

विवाहको धेरै वर्षपछि पनि केही वैवाहिक समस्याहरु पनि उत्पन्न हुन थाल्छ । त्यस्तो अवस्थामा सम्बन्धलाई सधैं बलियो बनाउनका लागि यस्ता उपाय अपनाउनुहोस्!
सानो-ठूलो सेलिब्रेशन
जसरी तपाईं विवाहको सुरुवाती दिनहरुमा हरेक सानो-सानो कुराहरुको सेलिब्रेट गर्नुहुन्थ्यो । तर, विवाहको १० देखि १२ वर्ष बित्दा-नबित्दै सेलिब्रेशन गर्न कम हुन थाल्छ ।तर, हरेक सानो-ठूलो खुशीको आनन्द लिनु आवश्यक छ । आफूबीचको प्रेमलाई सेलिब्रेट गर्नका लागि कहिलेकाहीँ लामो यात्रामा निस्कनुपर्छ । कन्सर्टहरुमा सहभागी हुनुपर्छ । फिल्महरु हेर्न जानुपर्छ । कहिले पनि डेटमा जान रोक्नु हुँदैन ।
ठूल्ठूला इच्छाहरु पूरा गर्न पर्ने दबाब
विवाहको १० देखि १५ वर्ष पुग्दा नपुग्दै दम्पतीहरुले ठूलाठूला जिम्मवारीहरुको बोझ उठाउँछन् । ठूलाठूला लक्ष्य बनाउँछन् । ती सबै कुराहरुलाई पूरा गर्ने चक्करमा आफ्नो सम्बन्धमा ध्यान दिन कम हुन्छ । यदि एक-अर्कासँग मिलेर आफ्ना योजना अनुरुप काम गर्नाले सम्बन्ध पनि प्रगाढ हुन्छ र लक्ष्य पनि सजिलै हाँसिल हुन्छ ।
पार्टनर कम रुममेट धेरै लाग्न थालेमा
विवाहको केही वर्षपश्चात एउटा त्यस्तो समय आउँछ जहा तपाईंलाई आफ्नो पार्टनर, पार्टनर कम र रुममेट बढी जस्तो व्यवहार गर्न थाल्छ । यसको लागि विभिन्न कुराहरुलाई ध्यान दिएर अगाडि बढ्नुपर्छ । कहिलेकाहीँ लामो यात्रामा जानुपर्छ । एक-अर्कालाई सरप्राइज दिनुपर्छ । समय-समयमा एक-अर्काप्रति प्रेम प्रकट गर्नुपर्छ ।
एक-अर्कालाई बोरिङ सम्झनु
यदि तपाईं आफ्नो वैवाहिक जिन्दगीदेखि दिक्क मान्न थाल्नु भएको छ । त्यसको अर्थ तपाईहरुले एक-अर्कासँग सम्झौता गरेर जीवन बिताइरहनु भएको छ भन्ने बुझिन्छ । तपाईं एक किसिमको रुटिन लाइफ बाँच्न थाल्नु भएको छ र कुनै पनि किसिमको जोखिम उठाउन चाहनुहुन्न ।
रोमान्स र फिजिकल क्लोजनेसको कमी
प्रायः हरेक दम्पतीको विवाहको केही वर्षपछि यौन क्रियाकलाप कम हुन थाल्छ । त्यस्तो स्थितिमा कहिलेकाहीँ रोमान्टिक बन्दै आफ्नो पार्टनरलाई चुम्बन गर्ने र आफ्नो अँगालोमा बेरेर आफ्नो प्रेम दर्शाउने गर्नुपर्छ र पार्टनरलाई शारीरिक रुपमा नजिक सम्बन्ध यथावत रहिरहन दिनुपर्छ ।
उद्देश्यविहीन
प्रायः दम्पती वैवाहिक जिन्दगीमा स्थिरता कायम गर्नका लागि विवाहको सुरुवाती वर्षदेखि नै सम्बन्धलाई बलियो बनाउन र परिवारलाई अगाडि बढाउने क्रममा आफ्नो सपनाको उडानमा प्रतिबन्धहरु लगाउँछन् । तर, १० देखि १५ वर्ष पनि बित्न नपाउँदै उनीहरुलाई आफ्नो सपनाहरु किन साकार नबनाएको होला भन्ने कुरामा पश्चाताप हुन थाल्छ । यदि आफूले देखेको सपना पूरा गर्ने हो भने दम्पती दुवैले मिलेर पाइला अगाडि बढाउनुपर्छ ।
सहनशक्ति कम हुनु
समय बित्दै जाँदा धेरै पार्टनरहरुमा एक-अर्काद्वारा गरिएको गल्तीहरुलाई सहने र माफ गर्ने प्रवृत्ति पनि कम हँदै जान्छ । सुरु-सुरुमा उनीहरु जुन कुरालाई हाँसेर टार्ने गर्थे पछि तिनै कुराहरुका कारण एक-अर्कासँग रिसाउन थाल्छन् । सुरुवाती दिनहरुमा एक-अर्काप्रति जुन प्रेम र हेरचाह दर्शाउनु हुन्थ्यो र एक-अर्काको हरेक गल्तीहरुलाई बेवास्ता गर्नुहुन्थ्यो । पछि पनि यी प्रवृत्तिलाई कायम राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्