Logo

६ जनाबाट बलात्कृत एक महिलाको लास बारिमा



Spread the love
सामुहिक बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय काभ्रेले पक्राउ गरेका अभियुक्त।

प्रहरीले बलात्कारमा संलग्न ६ जनालाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ। काभ्रेको बनेपा नगरपालिका ८ पुण्र्यवती खोलाको नजिक मकैबारीमा गत मंगलबार वेवारिसे अवस्थामा भेटिएको शव सामुहिक बलात्कारपछि हत्या गरिएकी एक महिलाको भएको खुलेको छ। बनेपा १० बस्दै आएकी ५७ वर्षे नानुमाया मगरलाई छ जनाले पालैपालो बलात्कार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको हो।

तत्कालीन भुम्लु गाविसका ३ का गोपाल परिवार, धुलिखेल नगरपालिका ७ का साधुराम विक, नमोबुद्ध नगरपालिकाका महेश परियार, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १४ का सिताराम थापा, रामेछाप लखनौऊ १ का प्रकाश परियार र काभ्रे नाग्रेगगर्चेका दिलबहादुर प्रधानले पालैपालो बलात्कार गर्दा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्