Logo

नेपाल आइडल:अदालतको निर्णयले प्रशारणमा कुनै असर पर्दैन



Spread the love

एपी वान टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित टेलिभिजन शो नेपाल आइडल निरन्तर प्रशारण गरिने एपी वान टेलिभिजनले जनाएको छ ।टेलिभिजनले नेपाल आइडलको विरुद्ध परेको मुद्धाको असरको बारेमा जानकारी दिँदै आइडलको निरन्तर प्रशारणमा कुनै असर नपर्ने दाबी गरेको छ । नेपाल आइडलमा भोटिङ गणना एक पक्षीयरुपमा गरेर करार उल्लंघन गरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले गत सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए ।जिल्ला अदालत काठमाडौंले पर्सिसम्म नेपाल आइडलको भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

एपीवानले भने अदालतको निर्णयले शो प्रशारणमा कुनै असर नपर्ने भन्दै नेपाल आइडलका लागि यो साता भोट अपिल नगरिने जनाएको छ ।रिट निवेदक न्यौपानेले करार ऐन २०५६ को दफा ८७ को उपदफा १ र २ बमोजिम आइडल विरुद्ध मुद्दा दायर गरेका थिए ।

हेर्नुहोस् नेपाल आईडलले फेसबुकमा लेखेको स्टाटस्:

 याे उदेश्य कस्काे हाे र वास्तविक उदेश्य के हाे थाहा पाउनु जरूरी छ ।

यो पनि हेर्नुहोस्:

 

 

प्रतिक्रिया दिनुहोस्