Logo

ज्ञानेन्द्रको विष्फोटक शतकमा काठमाडौं गोल्डेनले दियो धनगढीलाई १८६ रनको लक्ष्य



Spread the love

२ पुस, काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको विस्फोटक शतकमा काठमाडौ गोल्डेन्स् वारियर्सले एक्सपर्ट धनगढीसामु १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको छ। पोखरा रगंशालामा जारी पोखरा प्रिमियर लिग क्रिकेट(पीपीएल) मा टस हारेर ब्याटिङ थालेको काठमाडौले निर्धारित १७ ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ८५ रनको योगफल तयार पारेको हो।

काठमाडौका लागि कप्तान मल्लले ३८ बलमा ९ छक्का र ८ चौका प्रहार गर्दै शतक पुरा गरेका थिए । जारी पीपीएलमा मल्लले पहिलो शतक प्रहार गरेका हुन्। जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रनको योगदान दिए। कमल सिंह ऐरिको कसिलो बलिङ सामु काठमाडौका ३ ब्याट्सम्यान खातै नखोली पवेलियन फर्के। धनगढीका लागि कमलसिंह ऐरीले मात्रै ४ विकेट लिएका थिए भने, सागर ढकालले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्