Logo

पीपीएल: ज्ञानेन्द्रको विष्फोटक शतकमा काठमाडौं गोल्डेन विजयी



Spread the love

 

२ पुस, पोखरा । कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक शतकसँगै काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ । काठमाडौंले बुधबार भएको आफ्नो तेस्रो खेलमा धनगढी ब्लुजमाथि १०७ रनको पराकिलो जित निकालेको हो ।

जवाफमा धनगढीले १६ ओभरमा अल आउट हुँदै मात्र ७९ रन बनायो । उसका लागि श्रीमान्थाले १५ र रोड्रिगो थोमसले १० रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । काठमाडौंका बसन्त रेग्मीले तीन विकेट लिँदा सुबोथ भाटी र पवन शरार्फले २-२ विकेट हात पारे ।

यस अघि पोखरा रगंशालामा जारी पोखरा प्रिमियर लिग क्रिकेट(पीपीएल) मा टस हारेर ब्याटिङ थालेको काठमाडौले निर्धारित १७ ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ८५ रनको योगफल तयार पारेको हो।

काठमाडौका लागि कप्तान मल्लले ३८ बलमा ९ छक्का र ८ चौका प्रहार गर्दै शतक पुरा गरेका थिए । जारी पीपीएलमा मल्लले पहिलो शतक प्रहार गरेका हुन्। जयकिशन कोल्सावालाले ४६ र अमित श्रेष्ठले ३४ रनको योगदान दिए। कमल सिंह ऐरिको कसिलो बलिङ सामु काठमाडौका ३ ब्याट्सम्यान खातै नखोली पवेलियन फर्के। धनगढीका लागि कमलसिंह ऐरीले मात्रै ४ विकेट लिएका थिए भने, सागर ढकालले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्