Logo

वरिष्ठ कलाकार थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि



Spread the love

२ पुस, काठमाडौं । स्वर्गीय कलाकार आनन्द थापाको बुधबार मध्यान्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोराहरु जय र शंकर थापाले दागबत्ती दिएका थिए ।

मंगलबार साँझ ७ः३० मा भक्तपुरको झौखलेमा थापाको निधन भएको थियो । विगत दुई वर्षदेखि प्यारालाइसबाट ग्रसित थापाको ८० वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि बुधबार १० बजे पशुपति आर्यघाट पुर्याइएको थियो ।

करिब २ घन्टा श्रद्धाञ्जली कार्यक्रमपछि उनको पार्थिक शरिरको अन्त्येष्टि गरिएको थियो । थापाको श्रीमती र ३ छोरा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्