Logo

देउवा पक्षका नेताहरु सानेपामा भेला हुँदा पौडेल पक्षका नेताहरु बोहोराटारमा



Spread the love

२ पुस, काठमाडौं । नेपाली काँग्रेसमा संस्थापन र इतर पक्षबीच १४ औँ महाधिवेशन कार्यतालिका, विभाग र नेविसंघको गठनका साथै तरुण दलको विस्तारका लागि आन्तरिक छलफलमा जुटेका छन् ।

पार्टी सापति शेरबहादुर देउवा पक्षका नेताहरु पार्टी कार्यालय सानेपामा छलफलमा भएका छन् भने वरिष्ठ नेता पौडेल पक्षका नेता उनको निवास बोहोराटारमा भेला भएका छन् । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले देउवा पक्षका नेता पार्टी कार्यालयमा भेला भएको बताए ।

अधिकारीका अनुसार बोहोराटारमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा. रामशरण महत, डा. शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, कल्याण गुरुङल र हृदयराम थानीलगायतको उपस्थित रहेको छ ।

देउवा पक्षले सहमति नभएका विषयमा पार्टी कार्यालयमा छलफल गर्न पौडल पक्षलाई बोलाइएको थियो । तर पौडेल पक्षका नेताहरुले आफ्नो अन्तिम रणनीति बनाएर सानेपा प्रवेशको तयारी स्वरुप बोहोराटारमा भेला भएको हुन् ।

प्रतिक्रिया दिनुहोस्