Logo

`ए´ डिभिजन लिग: रुस्लान थ्री स्टारसँग बराबरीमा रोकियो जावलाखेल



Spread the love

२ पुस, काठमाडौं । सहिद स्मारक `ए´ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लब र प्रभु जावलाखेल युथ क्लबको खेल गाेलरहित बराबरीमा टुंगिएको छ । एन्फा कम्प्लेक्सकाे खेल मैदानमा भएकाे खेलमा दुवै टाेलीले पाएकाे केही माैकालाई सदुपयाेग गर्न सकेन ।

खेलको शुरुवातमा दुवै टोली आक्रामक देखिएका थिए। यद्यपी दुवै टोलि फिनिसिङमा चुक्न पुगे। यससँगै दुवै टोलीले लिगमा १-१ अंक बाँडेका छन् । लिगको दोस्रो चरणको खेल बिहीबारदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्