Logo

पुनितको अर्धशतकमा विराटनगरले दियो पोखरालाई १४६ रनको लक्ष्य



Spread the love

२ पुस, काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत विराटनगर टाइटान्सले पोखरा पल्टनलाई १४६ रनको लक्ष्य दिएको छ । पोखरा रंगशालमा भइरहेको खेलमा विराटनगरले पोखरालाई जितका लागि १४६ रनको लक्ष्य प्रस्तुत गरेको हो ।

टस हारेर पहिले ब्यटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १४५ रन बनायो । विराटनगरका लागि पुनित मेहेराले अर्धशतकीय पारी खेल्ने क्रममा २६ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मदतमा ६६ रन बनाए । ओपनर मोहमद जाहिद २६ रनमा आउट भए भने सुनिल धमला ३६ रनमा आउट भएका थिए। उनलाई सुरजित लड्डाले क्याच आउट गराएका हुन् । सोही ओभरको दोस्रो बलमा विराटनगरका कप्तान प्रदीप ऐरी ६ रनमा रन आउट भए । त्यस्तै राजु रिजालले ९ रन बनाए ।

पोखराका लागि कप्तान शरद भेषावकरले २ तथा कुशल मल्ल र सर्वजित लड्डाले एक-एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्