Logo

सिजनको पहिलो ‘एल क्लासिको’ गोलरहित बराबरीमा टुंगियो



Spread the love

३ पुस, काठमाडौं । सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात स्पेनका दुई महारथी क्याटलान बार्सिलोना र रियल मड्रिडबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । नोउ क्याम्पमा बुधबार राति भएको खेलमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि गोल भने गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

सन् २००२ यता एल क्लासिकोमा गोल हुन नसकेको यो पहिलो खेल हो । ला लिगामा एल क्लासिको खेल बराबरीमा सकिएको यो ३५ औं पटक हो । ला लिगामा कूल १७९ एल क्लासिको खेल हुँदा दुवै क्लबले समान ७२ जित हात पारेका छन् ।

बराबरीसँगै यि दुई टोलीलाई अंक तालिकामा कुनै फरेबदल रहेको छैन । बार्सिलोना १७ खेलबाट ३६ अंक जोडेर शीर्षस्थानमा रहँदा समान खेलबाटै समान ३६ अंकसहित रियल दोस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्