Logo

फ्रेन्च लिग कपमा एमबाप्पेको गोलसँगै पीएसजी क्वार्टर फाइनलमा प्रवेश



Spread the love

३ पुस,काठमाडौं । फ्रेन्च लिग कप अन्तर्गत गए राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा पीएसजीले ली मान्सलाई ४–१ गोलले पराजित गर्दै फ्रेन्च लिग कपको क्वार्टरफाइनलमा प्रबेश गरेको हो ।

एन्जल डी मारियाको पासमा पाब्लो सर्बियाले २१औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा अग्रता दिलाए । एमबाप्पेको पासमा ४०औं मिनेटमा इरिक म्याक्सी चुप्पो मोटिङले दोस्रो गोल गरे । ४१औं मिनेटमा एमबाप्पेले गोल गर्दै पहिलो हाफमा पीएसजीलाई ३-० को अग्रता दिलाए ।

पछिल्ला ६ खेलमा लगातार गोल गरिरहेका एमबाप्पेको यो सातौं गोल हो । त्ससपछि ४७औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीको अग्रता थप बिलयो बनाए । ५३औं मिनेटमा हरिसन मान्जालाले लि मेन्सका लागि सान्त्वना गोल फर्काएका थिए ।

प्रतिक्रिया दिनुहोस्