Logo

इएफएल कप: सेमिफाइनलमा म्यानचेस्टर सिटी र युनाइटेडबीच प्रतिस्पर्धा हुने



Spread the love

३ पुस,काठमाडौं । इंग्लिस इएफएल कप (काराबाओ कप) को सेमिफाइनलमा चिर परिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच प्रतिस्पर्धा हुने भएको छ। गए राति भएको क्वार्टरफाइनलमा दुवै क्लबले खेल जितेर एकअर्काबीच भिडन्त पक्का गरेका हुन्।

सिटीले अक्सफोर्ड युनाइटेडलाई ३–१ ले पराजित गर्यो । उसको जितमा क्यान्सेलोले २२ मिनेटमा गोल गर्दा स्टर्लिङले ५० र ७० मिनेटमा गोल थपेका थिए । युनाइटेडले कोलसेस्टरलाई ३–० गोलले पराजित गरेको हो ।

अर्को सेमिफाइनलमा लेस्टर सिटी र एस्टन भिल्लाबीच खेल हुनेछ। दुई लेगको भिडन्त आगामी ६ र २७ जनावरीमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्