Logo

सङ्घर्ष समितिसँग प्रेस काउन्सिलको वार्ता



Spread the love

३ पुस,काठमाडौं । पत्रपत्रिका वर्गीकरणमा पूर्वाग्रह र अनियमिता भएको जनाउँदै प्रेस काउन्सिल नेपालविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखासहितको सङ्घर्ष समिति र काउन्सिलका पदाधिकारीबीच वार्ता शुरु भएको छ ।

सङ्घर्ष समितिले गत मङ्सिर २७ गते सञ्चारग्रामस्थित काउन्सिलको कार्यालयमा धर्ना दिई कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेपछि काउन्सिलले बुधबार आफूहरुलाई वार्तामा बोलाएको र पहिलो चरणमा आफ्ना कुरा राखिएको महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शन्तराम बिडारीले जानकारी दिनुभयो । वार्तामा काउन्सिलका तर्फबाट सदस्य चेतनाथ धमला र मुख्य अधिकृत झविन्द्र भुसाल तथा सङ्घर्ष समितिका संयोजक दीपक पाण्डे, अध्यक्ष बिडारी, महासङ्घ ललितपुर र भक्तपुरका अध्यक्षद्वय क्रमशः ज्ञानप्रसाद पौडेल र पुष्कर बुढाथोकी सहभागी हुनुहुन्थ्यो ।

दुवै पक्ष पत्रकारिता क्षेत्र र काउन्सिलको मर्यादामा आँच नपुर्‍याउने गरी क्रियाकपाल र संवाद गर्न प्रतिबद्ध भएका छन् भने काउन्सिलको आज बस्ने सञ्चालक समितिको बैठकमा सङ्घर्ष समितिको मागअनुसार वर्गीकरणमाथि छानबिन समिति गठन गर्नेबारे छलफल हुने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्