Logo

लिभरपुल क्लब विश्वकपको फाइनलमा प्रवेश



Spread the love

३ पुस,काठमाडौं । युरोपियन च्याम्पियन तथा इंग्लिस क्लब लिभरपुल फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । कतार दोहास्थित खालिफा अन्तर्राष्ट्रिय मैदानमा बुधबार राति भएको मोन्टेरीलाई २–१ ले पराजित गर्दै लिभरपुलले फाइनलमा ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको भेट पक्का गरेको हो । फ्लामेङ्गोले एसियन च्याम्पियन अल हिलाललाई ३–१ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भयो ।

खेलको १२औं मिनेटमा नेबी केइटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको १४औं मिनेटमा रोगेलियो फुनेस मोरीले बराबरी गोल फर्काए ।

शिक्षक योर्गेन क्लोपले खेल सकिन ५ मिनेट बाँकी रहँदा डिभोक ओरिगीको स्थानमा रोबर्टाे फिर्मिन्होलाई मैदान प्रवेश गराएपछि लिभरपुल खेलमा फर्कन सफल भएको थियो ।

उनै फिर्मिन्होले अतिरिक्त समयतर्फ धकेलिन लागेको खेलको इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को जितसहित उपाधि नजिक पुर्‍याए । फ्लामेङ्गो र लिभरपुलबीचको फाइनल खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्