Logo

पारस र मुस्तफाको अर्धशतकमा चितवनले दियो बुटवललाई २०४ रनको कीर्तिमानी लक्ष्य



Spread the love

३ पुस,पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई २०४ रनको कीर्तिमानी लक्ष्य दिएको छ । पोखरा रंगशालमा भइरहेको खेलमा चितवनले बुटवललाई २०४ रनको मध्यम लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ थालेको चितवनका लागि कप्तान पारसले अर्धशतकीय पारी खेले । ४० बलको सामना गर्दै पारसले ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए। त्यस्तै रोहन मुस्तफाले पनि चितवनका लागि नट आउट रनको अर्धशतकीय पारी खेले । ५६ बल खेलेका उनले ७ चौका र २ छक्काको सहयोगमा ७० रन बनाएका थिए । चितवनका लागि आरिफ शेखले ४० रनको योगदान गरे । बाबर हायत १ रन बनाउदा सन्नी पटेलले ४ रनको योगदान गरे । बलिङमा अफ्ताबुद्दिन अहमदले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्