Logo

दिल्लीमा इन्टरनेट काटियाे, १७ वटा रेलवे स्टेशनको ढोका बन्द



Spread the love

३ पुस, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीको केही स्थानमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता संशोधन कानूनको विरोधमा प्रदर्शन तिब्र भएपछि दिल्लीमा मोबाइल र इन्टरनेट सेवा बन्द गरिएको हो ।

गत साता नागरिकता कानुनविरुद्ध प्रदर्शन सुरू भएपछि जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा भएको प्रहरी धरपकडपछि चर्किंदो प्रदर्शन रोक्न राजधानी नयाँदिल्लीकै केही भागमा इन्टरनेट बन्द गरिएको छ। रिलायन्स, जियो र भोडाफोन लगायत इन्टरनेट सेवाप्रदायकहरूले दिल्लीका केही भागमा इन्टरनेट सेवा बन्द गरेको जनाएका छन्। प्रदर्शन रोक्न दिल्लीका १७ वटा मेट्रो स्टेसनको ढोका पनि बन्द गरिएको छ।

नागरिकता कानूनको विरोधमा बामपंथी पार्टी र मुश्लिम संगठनले बिहिबार भारत बन्दको आव्हान गरेको थियो । दिल्ली, उत्तर प्रदेश र कर्नाटकमा प्रदर्शनकारीलाई भेला हुन बन्देज लगाइएको छ ।

आइतबार राति नयाँदिल्लीको जामिया मिलिया इस्लामिया विश्वविद्यालयभित्रै घुसेर प्रहरी धरपकड गरियो। उत्तरप्रदेश अलिगढ मुस्लिम विश्वविद्यालयका विद्यार्थीहरूलाई पनि निर्घात कुटपिट गरियो।

भारत संसारकै यस्तो मुलुक हो, जहाँ सबभन्दा बढी इन्टरनेट बन्द गरिएको छ। गत वर्ष १३४ चोटि इन्टरनेट बन्द गरिएको थियो। यस वर्ष अहिलेसम्म ९३ चोटि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्