Logo

जानुहोस् काली हुनुका अद्भुत फाइदै फाइदा



Spread the love

साधारणतया कालो छालालाई राम्रो मानिँदैन । बजारमा कालोपना हटाउनका लागि हज्जारौं उत्पादन छन् तर तपाईंमध्ये धेरैलाई कालो छालाले स्वास्थ्यलाई पुर्याउने फाइदाबारे थाहा नहुन पनि सक्छ । कालो छालामा पिगमेन्ट मेलानिनको मात्रा धेरै हुन्छ जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।
हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउँछ
कालो छालामा मेलानिनको मात्रा अत्यधिक हुन्छ । यसले घामको हानिकारक अल्ट्राभ्वाइलेट किरणबाट बचाउन सहयोग गर्दछ ।छालामा पाइने डार्क पिग्मेन्टेशनका कारण गोरो छालाको तुलनामा छालाको क्यान्सर हुने सम्भावना कम हुन्छ ।
स्नायू प्रणालीको सुरक्षाः
कालो छालामा पाइने मेलानिन सेन्ट्रल नर्भस सिस्टमलाई हानी पुर्याउने खतरनाक प्यारासाइटबाट बचाउँछ ।
संक्रमणबाट जोगाउँछः
मेलानिन संक्रमण फैलाउने ब्याक्टेरियाबाट बचाउँछ । गोरो छालाको तुलनामा कालो छालामा कम संक्रमण हुन्छ ।
जवान देखिन्छः
कालो छालामा पाइने मेलानिनले छालालाई लामो समयसम्म चाउरी पर्नबाट जोगाउँछ जसका कारण लामो समयसम्म जवान देखिन मदत पुर्याउँछ ।
रोग प्रतिरोधी क्षमताः
मेलानिनका कारण शरिरको रोग प्रतिरोधी क्षमतामा वृद्धि हुने गर्दछ । रुघा–खोकीजस्ता रोगबाट बचाउँछ ।
गर्भावस्थामा फाइदाजनकः
मेलानिन महिलामा स्वस्थ अण्डाको उत्पादनमा मद्दत गर्दछ । गर्भावस्थासँग जोडिएका विभिन्न समस्याबाट पनि बचाउँछ ।

प्रतिक्रिया दिनुहोस्