Logo

अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन ! कहिले खुल्छ त बुकिङ ?



Spread the love

दसैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन ।

व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रतक्ष्य मार उपत्यकाबाट बाहिरिने लाखौं यात्रुमा पर्ने देखिएको छ भन्ने खबर  आजको कारोबारमा छापिएको छ ।

 

एक साताअघि यातायात व्यवस्था विभागमा भएको छलफलमा केही माग सम्बोधन भए बिहीबार (आज) देखि बुकिङ खुल्ला गर्न राजी भएका व्यवसायीले सरकारसँग सौदाबाजी गरेका छन् ।

विभागले आफ्नो कुनै पनि माग पुरा नगरेको भन्दै निर्धारित समयमा बुकिङ तयारी नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

सरकारले दुर्घटना बढाएको भन्दै हटाएका बसको छत पुन: राख्न पाउनुपर्ने व्यवसायीको माग छ ।

पुन: छत राख्न नपाए टिकट बुकिङ नै नखोल्ने बताएका छन् ।

यस्तै भाडा वृद्धि र सडकको अवस्था सुधार गर्नुपर्ने माग पनि व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्