Logo

बाग्लुङमा जीप दुर्घटना हुँदा ५ जना घाइते, ३ को अवस्था गम्भीर



Spread the love

५ पुस, बुटवल । शनिवार बिहान बाग्लुङको बडीगाड गाउँपालिकामा जीप दुर्घटना हँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

खर्वाङबाट विरामी लिएर सिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जीप बडीगाड गाउँपालिकाको टुटिफेदमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेहरुमा वडिगाड गाउँपालिका वडा नं. ३ सिसाखानी वस्ने वर्ष २४ का चालक रमेश श्रीस, शान्ती थापा, नि विविशा थापा, नुनु रेश्मी र चुरा कुमारी थापा रहेका छन् । गाडी सडकवाट झण्डै ३०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्