Logo

केहि महान् विचारकका दार्शनिक भनाई, जसले हाम्रो जीवन शैलीलाई बदल्न मदत गर्छ!



Spread the love

विभिन्न कालखण्डमा भिन्न-भिन्नै विचारक, दार्शनिक, चिन्तकले व्यक्त गरेका मननीय भनाईहरु , जसले हाम्रो जीवनका लागि उत्साह, उमंग, उर्जा मिल्नसक्छ ।

अरस्तु, ‘श्रेष्ठ हुनु कुनै कार्य होइन, यो केवल हाम्रो एउटा बानी मात्र हो । जसलाई हामी बारम्बार गर्छौ ।’

नीति कथा, ‘भेट्दा मित्रलाई आदर गर । पछाडि उसको प्रशंसा गर र आवश्यकता पर्दा उसलाई सहयोग गर ।’

गौतम बुद्ध, ‘सबै गलत कार्य मनबाट उत्पन्न हुन्छ । यदि मन परिवर्तित भयो भने गलत कुरा उत्पन्न हुनसक्छ ।

-नीति कथा, ‘मित्रहरुको छनोट सावधानीपूवर्क गर्नुपर्छ । किनभने हाम्रो व्यक्तित्वको झलक ती मित्रहरुसँग पनि मिल्न सक्छ । जसको सँगतबाट हामी टाढा रहन्छौ ।

-मैथिलीशरण गुप्त, ‘अभिव्यक्तिको कुशल शक्ति नै कला हो ।’

एमर्सन, ‘म हरेक पाइलामा हारेको छु । तर, म जन्मेको केवल जीतको लागि हो ।’

अज्ञात, ‘म गर्न सक्छु, यो विश्वास हो । केवल मैले मात्र गर्न सक्छु, यो अन्धविश्वास हो ।’

विवेकानन्द, ‘जबसम्म तपाईं स्वयंलाई विश्वास गर्नुहुन्न । परमात्मामा विश्वास गर्न सक्नुहुन्न ।’

अज्ञात, ‘यदि हामी समाधानको अंग होइनौं भने यसको अर्थ हामी स्वयं नै समस्या हौं ।’

-विलियम बी स्प्रेग, ‘फलाम तातो हुने प्रतीक्षा नगर । बरु आफ्नो तापक्रमद्वारा त्यसलाई तातो बनाऊ । अर्थात् समयको प्रतीक्षा नगर बरु समयलाई आफ्नो अनकुल बनाउने कोसिस गर ।’

अज्ञात , ‘कसैलाई आफ्नो बनाउनका लागि हाम्रो सम्पूर्ण खुबीहरु पनि कम पर्छ । तर, कसैलाई गुमाउनका लागि एउटा कमी नै काफी हुन्छ ।’

-टामस फुलर, ‘कलाले प्रकृतिलाई सहायता गर्छ र अनुभवले कलालाई ।’

-वाल्मीकि, ‘पिताको सेवा अथवा उनको आज्ञाको पालना गर्नुभन्दा ठूलो अरु कुनै धर्माचरण हुँदैन ।’

अज्ञात, ‘हामी आफ्ना आमा-बुवालाई छान्न सक्दैनौं । तर, हामी आमा-बुबाको चयन हुन सक्छौं ।’

-महात्मा गाधी, ‘सर्वप्रथम तपाईंले स्वयंलाई परिर्वतन गर्नुपर्छ । जस्तो तपाईंले संसारलाई हेर्न चाहनु भएको छ ।’

-जिग जिगलर, ‘तपाईं जीवनमा जे चाहनुहुन्छ । त्यो प्राप्त गर्न सक्नुहुन्छ । मात्र तपाईंले अरुलाई सहयोग गर्न सुरु गर्नुपर्छ ।’

-एना एलेना रुजबेल्ट, ‘कुनै पनि व्यक्तिले तिमिलाई तिम्रो सहमति बिना हिनताको अनुभव गराउन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस्