Logo

सिराहामा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान । ( हेर्नुहोस भिडियो )



Spread the love

भदौ २२ , २०७४ ,काठमाडौँ -सल्लेरी खबर ।

स्थानीय तह तेस्रो चरणको निर्वाचनको लागि उम्मेदवार छनाेटको विषयलाई लिएर सिराहामा कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान १० जना घाइते बुधबार पार्टी कार्यालयमा भएको खुकुरी हानाहानमा कांग्रेसका १० कार्यर्का घाइते भएका छन् ।

सिराहा नगरपालिकाको मेयरमा कांग्रेसले पार्टी कोषाध्यक्ष सितादेवी यादवको छोरा डा. सुवासचन्द्र यादवलाई उठाउने भएपछि विवाद उत्पन्न भएको थियो । बुधबार उम्मेदवारी दर्ता गर्ने क्रममा पार्टी सचिव उपेन्द्र यादवले सुवाचन्द्रको विरोध गरेपछि विवाद सृजना भएको थियो ।यादवले सिरहा नगरपालिकामा मेयरको दाबी गरेका थिए । विवादले उग्ररुप लिँदा खुकुरी हानाहान भएको हो । घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अहिले घटनास्थलमा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सिरहा क्षेत्र नम्बर ३ का सभापति संजय प्रकाश यादवले मंगलवार साँझ पार्टी कार्यालयमा सिरहा नगरपालिकामा सिफारिस भएका वडा अध्यक्षहरुको लागि मनोयन पत्र लिन पुुगेका थिए । तर, उनलाई कार्यालयका सचिव रामबाबु यादवले दिएनन् । बुुधवार पुनः मनोयन पत्रका लागि जाँदा पनि कार्यालय सचिव रामबाबु यादवले विवाद गरेपछि झडप भएको सिरहा नगरपालिका मेयरका उम्मेदवार डा. सुुभाषचन्द्र यादवले जानकारी गराएका छन् ।

https://www.youtube.com/watch?v=RRaasq6vfx4

प्रतिक्रिया दिनुहोस्