Logo

‘रानी’को पहिलो गीत सार्वजनिक (भिडियो)



Spread the love

फिल्म रानीको नयाँ  रोमान्टिक गीत सार्वजनिक गरिएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीत रिलिज गरिएको हो। सार्वजनिक ‘भन भन’ बोलको गीतमा बिजय घिमिरेको शब्द तथा संगीत रहेको गीतमा बिजय र निकिता थापाको स्वर रहेको छ।फिल्म रानीमा अनुप बिक्रम शाही, मलिना जोशी, सरुक ताम्राकार, मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ।

भानु महर्जन प्रस्तुतकर्ता रहेको यस फिल्मको कथा यम थापाले लेखेका हुन् । यस फिल्मलाई पुरुषोत्तम प्रधान , सिसन बानिया र मान कृष्ण महर्जनले छायाँकन गरेका हुन् । फिल्ममा विजय घिमिरेको संगीत ,अर्जुन जिसीको सम्पादन रहेको छ । बिमल मान गुभाजुको निर्माण रहेको यो फिल्म आउदो कार्तिक २ मा रिलिज हुनेछ ।फिल्मलाई दयाराम दाहालले निर्देशन गरेका हुन् ।

 हेर्नुहोस् भिडियो:

प्रतिक्रिया दिनुहोस्