Logo

क्यान्सरबाट बच्नका लागि आहारविहारमा ध्यान दिन आग्रह



Spread the love

८ पुस, काठानडाैँ – क्यान्सर काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित क्यान्सर रोग विषयक सचेतना कार्यक्रममा यस रोगसँग बच्नका लागि आहारविहारमा विशेष ध्यान दिनु आवश्यक भएकामा जोड दिइएको छ ।

आहारबिहार र असावधानीका कारण धेरै व्यक्ति क्यान्सरको जोखिममा परेको बताउँदै कार्यक्रमका वक्ताले यस सम्बन्धमा बेलैमा सचेत बन्नुपर्ने आवश्यकता आँैल्याए । वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलले रहनसहन, आहारबिहार र असावधानीका कारण धेरैले क्यान्सर रोगबाट ज्यान गुमाउनुपरेको बताए ।

सुर्तीजन्य पदार्थ, मदिरा आदिको सेवनले क्यान्सर रोग बढाउने गरेको बताउँदै उनले कतिपयले बेलैमा सावधानी अपनाउन नसक्दा पनि यसको मारमा पर्ने गरेको बताए । विश्वमा सन् २०१८ मा क्यान्सरकै कारण करीब १० लाख जनाले ज्यान गुमाएको बताउँदै उनले त्यसमा सुर्तीजन्य पदार्थको प्रयोगका कारण २२ प्रतिशतले ज्यान गुमाएको उल्लेख गरे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बेलैमा सचेत हुने हो भने क्यान्सरबाट हुने जोखिममा कमी ल्याउन सकिने बताए । काउन्सिलले ठाउँ ठाउँमा यस किसिमका सचेतनामूलक कार्यक्रम गर्दै आएको बताउँदै उहाँले क्यान्सर सम्बन्धमा सर्वसाधारणको सचेतना अपरिहार्य हुने बताए ।

सुर्तीजन्य पदार्थको प्रयोगमा नियन्त्रणलगायत आहारबिहारमा ध्यान पुर्याउने हो भने त्यसले क्यान्सरजन्य रोगबाट बच्न धेरै सहयोग पुग्ने उनको भनाइ छ । पोखरा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले समाजमा क्यान्सर विषयक सचेतना कार्यक्रम बढाउँदै सर्वसाधारणलाई यसबाट बच्न सहयोग पुर्याउन सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्