Logo

मुख्यमन्त्री पौडेलद्वारा ‘क्रिसमस डे’ को अवसरमा शुभकामना व्यक्त



Spread the love

९ पुस, हेटौँडा।  प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाली कला एवं संस्कृतिक विविधताले समाजलाई बलियो बनाएको बताउनुभएको छ । इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस डेका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले एकताको जगमा टेकेर समृद्धि उन्मुख पाइलालाई गन्तव्यमा पु¥याउनुपर्छ भन्नुभयो ।

“महान् पर्व क्रिसमसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु” मुख्यमन्त्री पौडेलद्वारा जारी सन्देशमा भनिएको छ ।

सन्देशमा भनिएको छ “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधतापूर्ण देश हो । विविधताबीच एकता नै हाम्रो मूल पहिचान हो । यसै सन्दर्भमा इसाई समुदायले विशेष महत्वका साथ मनाउने क्रिसमसले सबै नेपालीमा आपसी प्रेम, सहिष्णुता, भातृत्व एवं राष्ट्रिय एकताको भावना बढाउने विश्वास गरेको छु । देशभित्र मनाइने विभिन्न धार्मिक चाडपर्व, कला एवं संस्कृतिले विविधताबीच नेपाली समाजलाई बलियो बनाएको छ । ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय सङ्कल्प पूरा गर्न प्रदेश सरकार दृढतापूर्वक लागिपरेको छ । हामी सबैको इमान्दार प्रयास, मेहेनत र प्रतिबद्धताबाट नेपाली जनताको युगौँदेखिको समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ ।”रासस

प्रतिक्रिया दिनुहोस्