Logo

यी हुन् एक खुट्टाले नाचेर दर्शकलाई चकित पर्ने -कर्णाली चेली (भिडियोमा)



Spread the love

हरेक व्यक्तिभित्र फरक फरक क्षमता हुन्छ । कोही पढ्नेमा, कोही गाउन,कोही नाटकमा त कोही नाचमा सिपालु हुन्छ तर यस्तै अहिले कर्णालीकी एक चेली आफ्नो एक खुट्टाले लाखौँ दर्शकलाई चकित परेकी छन् । अहिले कर्णालीको दुर्गम ठाउँमा जन्म भई हाल सुर्खेत सहारा क्याम्पस अध्ययनरत १९ वर्षीय रामप्यारी थापा । आफ्नो एक मात्र खुट्टाले बेजोड नाच गर्न सिपालु भएकी छिन् ।

Image may contain: 3 people, people on stage, people standing and outdoor

केही महिना पहिला जुम्ला उनले आफ्नो एक खुट्टाले अपत्यारिलो र दमदार डान्स गरेर लाखौँ दर्शकको मन जित्न सफल भएकी छिन । उनले आफ्नो कला प्रस्तुत गरेकी छिन् ।

Image may contain: one or more people and people standing

उनको इच्छा शक्ति, सङ्कल्प, आँट र अठोट भएकी थापको नृत्य हेर्न जुम्लाको विभिन्न नपरपालिका र गाँउपालिका बाट हेर्न आएका थिए भने थापालाई झन् जोस जागर दिएका थिए ।

Image may contain: 1 person, smiling

सत्र वर्षको उमेरमा उनले आफ्नो दायाँ खुट्टा क्यान्सर कारण गुमाउनु परेको थियो । जुम्ला जिल्लाको दुर्गम ठाउँमा आजभन्दा १९ वर्षअघि उनको जन्म भएको थियो । थापाले खुट्टा गुमाएपछि एक वर्ष ओच्छ्यानमै सुतेर बिताइन । खुट्टा गुमाएर अपाङ्ग हुँदा पनि उनको परिवारबाट कहिले नराम्रो वातावरण सृजना गरेकी छैन ।

Image may contain: one or more people and people on stage

खुट्टा गुमाएपछि बाबा आमाले थप माया गर्नुभयो र पढ्नको लागि उनलाई सुर्खेतको सहारा क्याम्पस पठाउनु भो । थापालाई झन् थप हौसला प्रदान भो । थापा भन्छन् ‘आफूलाई कसैले सहयोग होइनन् माया र हौसला र साथ सपोट दिए पुग्छ’  केहि दिन पहिला सुर्खेतमा प्रथम राष्ट्रिय औधोगिक,व्यापार ,कृषि एवंम् पर्यटन महोत्सवमा पनि उनले आफ्नो नाच देखेकी छैन भने उनको नाच हेरेर सबै चकित परेका थिए । महोत्सवमा राष्ट्रिय कलाकार र महानायक राजेश हमाल पनि उपस्तित थिए ।

Image may contain: 2 people, people smiling, people sitting  घरमा राम्रो वातावरण भए पनि उनलाई जुम्लामा हिँड्न गारो हुँदा । उनलाई पढ्नको लागि सुर्खेत साहारा क्याम्पसमा पठाएका थिए । उनले  घरमा भन्दा पनि क्याम्पसमा कहिल्यै राम्रो वातावरण बनो । थापाले ‘सानोमा जुन सपना देख्थेँ, जुन कल्पना गर्दथेँ त्यो अहिले आएर पूरा भएको छ । ‘उनी सानोमा पढ्न, गीत गाउँ, अन्य काम गर्नु भन्दा पनि नाच्न ठिक मान्थिन तर खुट्टा काट्दा आफूले त्यो सपना पुरा हुँदैन सोचेको थिए । यो सपना पूरा गर्नुको पछि मेरो बुवा,आम, ठुलो बुवाहरू, दाइ, भाउजू र भाइहरुको सफलताको पछि ठुलो हात छ ।’

Image may contain: 1 person

उनले एक अन्तरवार्तामा भनेकी छ ‘आफूले आफूलाई कहिल्यै कमजोर नठान्नु किन भने आफू आफैले केही न केही गर्छ सम्झिनु पर्छ तर दुख,काष्ठ जेजस्तो भए ता पनि पछि परिश्रमको फल मिठो नै हुने रहिछ ।’

Image may contain: 7 people, people smiling, people standing

खुट्टा काट्दा घरमा बसेको समयमा उनको मनमा विभिन्न कुराहरू खेल्दथे । फिल्म खेल्न पाए हुन्थ्यो,नाच्न पाए हुन्थ्यो भन्ने लाग्दथ्यो । उनले बारम्बार आफू स्टेजमा लाखौँ दर्शको अगाडी नाचेको कल्पना गर्दथिन तर त्यो पनि थापाले पुरा गरेकी छन् । त्यसका लागि उनले एउटा खुट्टाले घरबाटै प्रयास गर्न थालिन । एक वर्षसम्म ‘बेड रेस्ट’मा बसेकी रमाले त्यो बेला घर कुरुवा जस्ती थिइन् ।

उनका ४ जना दाजुभाइ र उनी घरको एक्ली छोरी हुन् । उनका बुबा र आमा साधारण किशन हुन् तर पनि आफ्नो छोरीको उपचारको लागि कसैसँग सहयोग माग्नु परेन । थापाको उपचार पछि आर्थिक अवस्था कमजोर भए पनि उनलाई सुर्खेत बसालियो तर उनको ठुलो बुवा र अंकलले थापालाई आफ्नो छोरा छोरी भन्दा पनि आफूलाई धेरै माया गर्छन्। थापा वर्षको एक चोटि मात्र घर जान्छ त्यो पनि दसैँ र तिहारमा मात्र जान्छन् ।

उनी अहिले सामाजिक संजाल अर्थात् टिकटक लाँखौ दर्शकले रुचाएका छन् । उनी दिन प्रतिदिन आफ्नो फरक प्रतिभा देखाएकी हुन्छिन कहिले गुनिउ र चोलो, कहिले ओने पिस, त कहिले साधारण कपाडामा देखिएकी हुन्छिन् । थापा अहिले सामाजिक संजाल  भाइरल भएकी छिन् ।

‘अपांगता भएका व्यक्ति पनि आफू अपांग भए भनेर खुम्चिएन नबसी आफूमा भएको प्रतिभालाई निकाल्नु पर्ने सन्देश उनले दिएकी छन् ‘।

हेर्नुहोस्  भिडियो :

 

हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

 

 

 

प्रतिक्रिया दिनुहोस्