Logo

प्राकृतिक विधीबाट यसरी उच्च रक्तचाप नियन्त्रण गरौँ!



Spread the love
 

उच्च रक्तचाप अनियन्त्रित भएमा चिकित्सकको परामर्शमा औषधी सेवन गर्नुपर्छ । निश्चित अवधीसम्म औषधीले प्रभावकारी काम गरेमा औषधी जीवनभर खाइरहनुपर्छ भन्ने छैन । हाम्रो समाजमा कतिपय यस्ता व्यक्ति छन्, जसले निश्चित अवधी औषधी सेवन गरे र त्यसपछि चिकित्सककै परामर्शमा औषधी सेवन बन्द गरिदिए ।यद्यपी उच्च रक्तचाप, जीवनशैली, खानपानको कारण पनि निम्तने समस्या हो । यदि तपाईं पनि यस्तै समस्याले ग्रस्त हुनुहुन्छ भने, जुन कारणले उच्च रक्तचाप भएको त्यसको उपचार खोज्नु बढी फाइदाजक हुन्छ ।

जीवनशैली ठिक छैन भने, त्यसलाई परिवर्तन गरौं । खानपान, दिनचर्या, सोच चिन्तन सबै कुरालाई सकारात्मक, संयमित ढंगले अगाडि बढाउनुहोस् । यसरी प्राकृतिक विधीबाट उच्च रक्तचाप नियन्त्रण गरौँ!
– तौल घटाउनुहोस्
तौल धेरै भएमा तपाईलाई श्वासप्रश्वासमा पनि गाह्रो हुन्छ जसले पछि रक्तचाप बढाउँछ । तौल घटाउनु उच्च रक्तचाप नियन्त्रण गर्ने सबैभन्दा राम्रो र प्रभावकारी उपाय हो । तपाईले आफ्नो थोरै मात्रै तौल घटाउन सक्नुभयो भने त्यसले तपाईलाई रक्तचाप कम गर्न मद्धत गर्छ ।
– नियमित अभ्यास गर्नुहोस्
दैनिक करिब ३० मिनेटको दरले नियमित शारीरिक अभ्यास गर्नुहोस् । यसले तपाईको रक्तचाप घटाउन मद्धत गर्छ । यदि तपाईले एक्सरसाइज गर्न छोड्नुभयो भने तपाईको रक्तचाप फेरि बढ्छ ।
-स्वस्थ र सन्तुलित खाना खानुहोस
तपाईलाई उच्च रक्तचापको समस्या छ भने खानामा स्याचुरेटेड फ्याट र कोलस्टेरोलको मात्रा घटाएरै रक्तचाप ११ एमएम सम्म घटाउन सकिन्छ ।
-खानामा सोडियमको मात्रा घटाउनुहोस्
खानामा सोडियमको मात्रा घटाउनाले तपाईको मुटु स्वस्थ बनाउँछ र यदि तपाईलाई उच्च रक्त चाप छ भने त्यसलाई ५ देखि ६ एमएमसम्म घटाउन सकिन्छ ।
-अल्कोहलको थोरै मात्रै पिउनुहोस्
थोरै मात्रामा अल्कोहल पिउनाले तपाईको रक्तचाप कम हुन सक्छ । तर, तपाईले धेरै अल्कोहल पिउनुभयो भने त्यसले तपाईको रक्तचाप झनै बढाउन सक्छ ।
– तपाईको तनाव घटाउनुहोस्
तनावले रक्तचाप बढाउँछ । तपाईलाई उच्च रक्तचापको समस्या छ भने तनावको कारण काम, परिवार वा स्वास्थ्य के हो भन्ने थाहा पाउनुहोस र त्यसपछि कसरी घटाउन सकिन्छ भनेर सोच्नुहोस् ।
– परिवारको साथ लिनुहोस्
परिवार र साथीहरुको साथले पनि तपाईले आफ्नो स्वास्थ्यमा सुधार गर्न सक्नुहुन्छ । उनीहरुले तपाईलाई हौसला दिन सक्छन र तपाईले आफ्नो ख्याल राख्न सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्