Logo

नयाँ वर्ष सुरु हुनुअघि घरबाट निकाल्नुहोस् यी वस्तु जसले हट्नेछ दुःख कष्ट



Spread the love

अंग्रेजी नयाँ वर्ष सुरु हुन लाग्दा धेरै मानिसहरुले धेरै कुराको आशा राखेका हुन्छन् । नयाँ वर्ष सबैका लागि मंगलमय होस् भनेर सबैले अपेक्षा पनि गरेका हुन्छन् । तीमध्ये कतिले नयाँ वर्षमा फाइदा नै फाइदा होस् भनेर विभिन्न उपाय अपनाउन पनि चाहन्छन् । यदि तपाईं पनि नयाँ वर्षमा लक्ष्मीको कृपा चाहनुहुन्छ भने आफ्नो घरबाट यी कुरा तुरुन्त हटाउनुहोस् ।
भाँच्चिएको फर्निचरः
यदि तपाईं नयाँ वर्षमा तपाईंको साथीका साथै तपाईंको जीवन पनि खुसी खुसी बितोस् भन्ने चाहनुहुन्छ भने घरबाट भाँच्चिएका फर्निचर हटाउनुहोस् ।
फुटेका सिसाः
घरमा सिसाको कुनै भाँडो होस् वा फोटो फ्रेम होस् वा सिसा, यदि फुटेका छन् भने तत्काल हटाउनुहोस् । फुटेका सिसाले वास्तु दोष लिएर आउँछन् र यसले मानसिक तनाव पनि निम्त्याउँछ ।
बिग्रिएको घडीः
यदि तपाईं नयाँ वर्षमा तपाईंको कुनै पनि काम नरोकियोस् भन्ने चाहनुहुन्छ भने आफ्नो बन्द घडीलाई घरबाट तत्काल निकाल्नुहोस् ।बिग्रिएका विद्युतीय उपकरणः
घरमा भएका पुराना विद्युतीय उपकरणलाई तत्काल बाहिर निकाल्नुहोस् । बिग्रिएका वस्तु घरमा राख्दा राख्दै त्यो कबाडी हुने गर्छन् जसले नकारातमक ऊर्जा पैदा गर्छ ।
फुटेका मूर्तीः
यदि पूजाकोठामा फुटेका मूर्ती छन् भने यसलाई हटाउनुहोस् किनभने यो अशुभको संकेत हो ।

प्रतिक्रिया दिनुहोस्