Logo

अस्पतालमा विद्युतीय टोकन प्रणाली शुरु : बिरामीलाई सहज



Spread the love

१२ पुस, म्याग्दी – बेनी अस्पतालमा आजदेखि बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली शुरु भएको छ ।

लाइनमा बस्नुपर्ने झण्झटको अन्त्य गर्दै सेवालाई प्रभावकारी बनाउन सो प्रणाली शुरू गरेको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । “आफ्नो पालोमा टिकट लिएर चिकित्सकसम्म पुगी उपचार गराउन यसले सजिलो बनाएको छ”, उनले भने । लाइनमा ठेलमठेल गरेर टिकट काट्नुपर्ने अवस्थाको अन्त्यले उपचारका लागिसमेत सहज भएको ६० वर्षीय यामबहादुर पुनले बताए ।

यो प्रणालीको शुरुआतबाट विगतमा लाइनमा बस्दा भीडभाड हुने तथा बिरामीलाई उपचारमा समस्या हुने, घचेटाघचेट हुने लाइनमा पालो मिचेर अगाडि जाने र इमरजेन्सीका नाममा आफन्तलाई लाइनमा घुसाउने लगायतका समस्या हट्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा अमृत अधिकारीले बताए ।

अस्पतालले निकट भविश्यमै मिर्गौला रोगीका लागि डायलासिस सेवा शरु गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्