Logo

जान्नुहोस् कालो चना खानुका फाइदै फाइदा



Spread the love

चना त हामी सबैले खाने गर्छौ । चनाको छोले होस् अथवा चनाको दाल अथवा चनाको वेसनबाट बनेका परिकार नै किन नहुन्, हामीले प्रायः खाइरहेकै हुन्छौं । भिटामिनहरुको खजाना हो कालो चना । यो रेसादार हुन्छ, भिटामिनको साथै खनिजहरुले भरिपूर्ण हुन्छ र यसमा चिल्लोपना कम मात्रामा हुन्छ । यसलाई डाइटमा समावेश गर्नु तपाईंको स्वास्थ्यका लागि निकै नै फाइदाजनक सावित हुनेछ ।

कालो चना खानाले क्लोरोफिल, भिटामिन बी, भिटामिन सी, भिटामिन डी तथा भिटामिने केका साथै फोस्फोरस, पोटासियम, ग्याग्निसियमको आवश्यकता पनि पूरा हुन्छ । यसबाहेक, यसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ । कालो चना फाइबरले भरिपूर्ण हुन्छ । यसले पाचन प्रकृयालाई दुरुस्त गर्छ । राति पानीमा चना भिजाएर राख्नु पर्छ र बिहान त्यसलाई खानुपर्छ । त्यसो गर्नाले तपाईंलाई निकै नै फाइदा पुग्नेछ ।

कालो चना एन्टिअक्सिडेन्ट, एन्थोसाइनिन, फाइटोन्यूटि्रयन्ट्स तथा एएलएले भरिपूर्ण हुन्छ । त्यसले मुटुको बिरामीहरुलाई टाढा राख्नुका साथै रक्त नलीहरुलाई स्वस्थ राख्नमा फाइदाजनक हुन्छ ।

मधुमेहका रोगीहरुका लागि कालो चनाको सेवन गर्नु निकै नै फाइदाजनक मानिन्छ । यसमा भएको कार्बोहाइड्रेट बिस्तारै पच्छ । जसका कारण ब्लड सुगरको स्तरलाई कम गर्न सकिन्छ ।

गर्भवती तथा स्तनपान गर्ने महिलाहरुका लागि कालो चना निकै नै फाइदाजनक हुन्छ । किनकि यसमा प्रचुरमात्रामा आइरन हुन्छ । बढ्दो उमेरका बालबालिकालाई पनि यो निकै फाइदाजनक हुन्छ ।

कालो चनामा फोलेट्स, आहार फाइबर, प्रोटीन, कार्बोहाइड्रेट, कपर, आइरन तथा फोस्फोरस पाउन सकिन्छ, जसले छालालाई फाइदा पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस्