Logo

तस्वीरमा तमु ल्होसार, काठमाडौँ पुरै रमझम!



Spread the love

तमु ल्होसार गुरुङ जातिको महान चाड हो । यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । हाल यो हिन्दू जातिको भारतिय पात्रो बिकम सम्बतको पुस महिनाको १५ गतेलाई आधार मानेर मनाइने चलन छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ ।

Image result for तमु ल्होसार

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ ।

Related image

तमू ल्होसार देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । राजधानी उपत्यकामा गुरुङ पहिचान झल्काउने भेषभुषा सहितका नृत्य र प्रदर्शन गरिएको छ । सोमबार मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको छ ।

Related image

गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।

Image result for तमु ल्होसार

Related image

Image result for तमु ल्होसार

प्रतिक्रिया दिनुहोस्