Logo

कविता



Spread the love

nabin bhattaजरुर साथी म पागल !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

देवकोटा पनि त पागल कहलिएका थिए । धन्य छ तिमीलाई, ऊर्जा थपिंदैछ ।।।

प्रतिक्रिया दिनुहोस्