Logo

बागचौर नगरपालिकाले गर्यो सुन्तलाको पकेट क्षेत्रबाट भ्रमण वर्ष २०२० को उद्घाटन



Spread the love

१७ पुस, सल्यान – सल्यानको बागचौर नगरपालिकाले भ्रमण वर्ष २०२० को उद्घाटन सुन्तलाको पकेट क्षेत्रबाट गरेको छ । कृषि र पर्यटनलाई एक अर्कामा जोड्ने उद्देश्यले सुन्तलाको पकेट क्षेत्रबाट भ्रमण वर्षको उद्घाटन गरिएको नगरप्रमुख लोकमान बुढाथोकीले बताए । कृषि र पर्यटनलाई जोडेर सुरुवात गरेको भ्रमण वर्ष २०२० को उद्घाटन गर्द्वै बागचौर नगरपालिका नगरप्रमुख लोकमान बुढाथोकीले,समृद्ध नगर निर्माणको एउटा जग भ्रमण वर्ष हुन सक्ने बताए ।

जिल्लामै सुन्तलाको पकट क्षेत्र मानिने बागचौर नगरपालिका वडा नं.८ र ९ लाई समेटेर आयोजना गरेको भ्रमण वर्ष २०२० को पहिलो दिन, वडा नं ८ कोट्मौला र वडा नं.९ को खोरबारेमा उद्घाटन गर्दै नगर भित्रका सम्पुर्ण धार्मिक,पर्यटकीय स्थल एवं कृषि क्षेत्रलाई समेटेर भ्रमण वर्ष २०२० लाई भब्य रुपले सफल पार्ने उनले बताए ।


कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बुढाथोकीले भ्रमण वर्षकै अवसर पारी बागचौर नगरपालिकाले वडा नं.८ र ९ मा उत्पादन हुने सुन्तला,वडा नं.११,१२ र ४ मा उत्पादन हुने आलु खेतीलाई कसरी व्यवसायीमुखी गराउन सक्किन्छ भन्ने बारे,वडा नं.२मा रहेको नेपाल भरिका डाँगी जातिको उद्घगम थलो अग्लाटाकुरा भ्युटावर, वडा नं.६ मा रहेको,नेपाल भरिका वलि जातिको उद्गगम थलो हिमचौर मन्दिर,वडा नं.१० को मोख्ला शिव गुफा मन्दिर लगाएतका स्थानहरुमा विभिन्न कार्यक्रमहरु गर्ने समेत बताएका थिए ।

सल्यान जिल्लाको बागचौर नगरपालिका विभिन्न सम्भावनाहरु बोकेको नगरपालिका भएकाले यसलाई विकास गर्न सबैको साथ सहयोग चाहिने बताए ।

कार्यक्रमका विशिस्ट अतिथि बागचौर नगरपालिका उप प्रमुख श्री कल्पना पुनले भ्रमण वर्ष २०२० लाई भव्यताका साथ सफल पार्न आँफुहरु लागी पर्ने बताए ।  उनले भ्रमण वर्ष २०२० महत्त्व जनतालाई बुझाउन समेत आँफुहरु लागी पर्ने प्रस्ट पारे । कार्यक्रमका अर्का अतिथि नेकपाका कर्णाली प्रदेश सदस्य लोकबहादुर डाँगीले नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष,भ्रमण वर्ष २०२० लाई कृषि तथा पर्यटन क्षेत्रसँग जोडेर अगाडि बढे पुरा हुने बताएका छन् ।कृषि प्रधान देशमा कृषकले उत्पादन गरेको वस्तुले उचित मुल्य नपाउनु,पर्यटकीय सम्पदाहरुले पहिचान नपाउँदा राष्ट्रको समग्र विकासले गति लिन नसकेको बताए ।

बगचौर नगरपालिका वडा नं.९ का वडा अध्यक्ष मोहन चन्दको अध्यक्षता तथा वडा नं.८ का वडा अध्यक्ष रोमु शाहीको सहजीकरणमा सम्पन्न उद्घाटन कार्यक्रममा,बागचौर नगरपालिका कार्यपालिका परिवार,कर्मचारी,बुद्धिजिवि,समाजसेवी,शिक्षक,पत्रकार,नागरिक समाज,किसान लगाएत सर्वसाधारण सबैको उपस्थिति रहेको थियो ।

“घुम्न आएका अतिथिको सम्मान,भ्रमण वर्ष २०२० को साझा आह्वान” भन्ने मुलनारा सहित बागचौर नगरपालिकाले,भ्रमण वर्ष २०२० अंकित स्ट्रीकरहरुको तयार पारेको छ।ति स्ट्रीकरहरु सार्वजनिक यातायातका साधन,लगाएका स्थानहरुमा टासिंने नगरप्रमुख बुढाथोकीले बताए ।

कृषकहरूसँग पनि नगरपालिकाको अन्तरक्रिया 

भ्रमण वर्ष २०२० को अवसरमा, बागचौर नगरपालिकाले बागचौर नगरपालिका वडा नं.८ र ९ का सुन्तला किसानहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बिगत लामोसमय देखी राजनीति गर्दै आएका नेकपाका कर्णाली प्रदेश सदस्य तथा वडा नं. ९ का सुन्तला किसान लोक बहादुर डाँगी,बागचौर नगरपालिका शिक्षा शाखाका कर्मचारी तथा सुन्तला कृषक विरेन्द्र प्रकाश डिसी,शिक्षक तथा सुन्तला कृषकहरु,तिलक बहादुर वली,कृष्ण वली,वडा नं.८ का अगुवा कृषक भरतनाथ योगी, ध्वजबहादुर चन्द लगाएतका दर्जन बढी किसानहरुले,पछिल्लो समय सो क्षेत्रका सुन्तलाका बोटहरुमा रोगको संक्रमण देखिनु, किसानले उत्पादन गरेका सुन्तलाले एकद्वार प्रणाली मार्फत मुल्य नपाउनु, बजार प्रवर्द्धनको समस्या,सिँचाइ समस्या,अनुदानमा किसानहरुले खाद्यमल नपाउनु,सडकको स्तर उन्नति र सितलहरको समस्या रहेको बताएका थिए ।

उनिहरुले कोटमौलाको सुन्तला खेतिलाई व्यवस्थित गर्न सके नगरको आर्थिक स्थितिमा समेत सुधार हुने बताएका थिए ।

सुन्तला किसानको जिज्ञासामा बागचौर नगरपालिकाका नगर प्रमुख बुढाथोकीले नगर भित्रका सम्पुर्ण किसानको सुन्तला खेतिमा लागेको रोगको पहिचान गर्नका लागि बागचौर नगरपालिकाको आर्थिक सहयोगमा विशेषज्ञ टोली लगेर सुन्तलाको बोटको ल्याब परिक्षण गराउने प्रतिबद्धता गरेका थिए।

सडकको स्तरोन्नति, किसानलाई खाद्यमल, बजारीकरण, सुन्तलाको मुल्यमा एकरुपता ल्याउनको लागि नगर सरकार र किसान बिच समन्वय गरेर अगाडि बढ्ने समेत नगर प्रमुख बुढाथोकीले बताएका थिए ।

नगरप्रमुख बुढाथोकीले सुन्तलाको बजारीकरण गर्नको लागी कोल्ड स्टोर निर्माण गर्न प्रदेश सरकारसँग बजेट माग गरेको र प्रदेश सरकारले पनि बजेट विनियोजन गरेको भन्दै कोल्ड स्टोरको कामलाई अगाडि बढाउने बताए ।

सल्यानको कोटमौलाबाट वर्षेनी २० करोड बढीको सुन्तला उत्पादन हुने किसानहरु बताउँछ्न ।

 

तस्बीर : बामदेब के.सी. / तिर्थ राज डाँगी 

प्रतिक्रिया दिनुहोस्