Logo

चप्पल लगाएर सार्वजनिक यातायात चलाउन नपाइने



Spread the love

१७ पुस, काठमाडौं ।अब चप्पल लगाएर सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। सार्वजनिक यातायात चलाउँदा अनिवार्य रुपमा जुत्ता लगाउनु पर्ने नियम लागु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन् ।

चप्पल लगाएर सवारीसाधन चलाउँदा दुर्घटना भएका कारण यो नियम लागू गर्न लागिएको हमालले बताए।‘गाडी चलाउँदा चप्पल चिप्लिएर पनि दुर्घटना भएको पायौँ, त्यस्तै चप्पलको फित्ता ब्रेक र एक्सिलेटरमा अड्किएर पनि दुर्घटना हुने रहेछ। यस्तो दुर्घटना हटाउन हामीले यो निणर्य गरेका हौँ’ हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्