Logo

कर्णाली नदीमा जिप खस्दा पाँच जनाको मृत्यु



Spread the love

१७ पुस, बाजुरा। बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ धुलाचोरबाट कोल्टी जाँदै गरेको जीप कर्णाली नदीमा खस्दा ५ जनाले ज्यान गुमाएका छन् । एक बेपत्ता थिए। बेपत्ताको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जीप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।

दुर्घटनामा चार जना घाइते छन्। दुई जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा दुई जना मुगु मुगुकर्मारोक गाउँपालिका-८ का २० वर्षीय गेम्चो लामा र २१ वर्षीय टोर्से लामा छन्।

यस्तै, बाजुरा बुढीनन्दा नगरपालिका-६ की २२ वर्षीया सरू विक र उनकी दुई वर्षीया छोरी सामान्य घाइते छन्।मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको भाटले बताए। अन्य मृतकको सनाखत भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्