Logo

धुर्कोट गाँउपालिकाद्वारा ५११ विद्यार्थीलाई न्यानो कपडा वितरण



Spread the love

१८ पुस, गुल्मी – गुल्मीको धुर्कोट गाँउपालिकाले ५११ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । गाँउपालिका भित्र अध्ययन गर्ने गरिब तथा विपन्न घर परिवारका ५११ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको वडा नम्वर ४ का वडा अध्यक्ष मान बहादुर कुँवरले बताए ।

गाँउपालिकाको निति तथा कार्यक्रम अन्तर्गत न्यानो कपडा प्रदान गरिएको धुर्कोट गाँउ पालिकाका अध्यक्ष भुपाल पोख्रेल जानकारी दिएका छन् । न्यानो कपडा वितरणका लागि गाँउपालिकाकाले २ लाख ५० हजार रकम विनियोजन समेत गरेको थियो ।

पछिल्लो समय चिसो बढ्दै जान थालेपछि विद्यालयमा विद्यार्थीको सड्ख्या कमी हुँदै जान थालेपछि उनिहरु पढाईबाट वञ्चित नहुन् भनेर न्यानो कपडा वितरण गरिएको गाँउपालिकाकले जनाएको छ । यता विद्यार्थीहरु पनि न्यानो कपडा पाँउदा हर्षीत भएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्