Logo

कप्तान ह्यारी केन आठ साता मैदान बाहिर रहने



Spread the love

१९ पुस, काठमाडौं । टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन आठ साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन मैदान बाहिर रहने क्लबले जनाएको हो ।

केनले साउथह्याम्पटनसँग १–० ले पराजित भएको खेलमा चोट बोक्न पुगेको थिए । खेलको ६५औं मिनेटमा केन चोट बोक्दै मैदानबाट बाहिरिएको थियो ।

चोटसँगै केनले आठ साताको अवधिका च्याम्पियन्स लिगसँगै महत्वपुर्ण खेलहरु गुमाउनेछन् । केनले मिडल्सवर्गसँगको एफए कप, प्रिमियर लिगमा लिभरपुल, वाटफोर्ड र नर्विच सिटी, म्यानचेस्टर सिटी, चेल्सी, वाटफोर्ड र बर्नलीविरुद्धको खेल गुमाउन सक्नेछन् ।

केन आठ मैदान बाहिर रहने पक्का भएसँगै प्रिमियर लिगमा चौथो स्थानको चेल्सी पछ्याइरहेको टोटेनहमलाई झनै समस्या हुन सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्