Logo

स्पेनिस ला लिगामा आज चार खेल हुँदै, बार्सिलोनाले स्पानियोलसँग भिड्दा गेटाफेले रियलको सामना गर्ने



Spread the love

१९ पुस, काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आज चार खेल हुँदैछ । जसमा साविक विजेता बार्सिलोना, रियल मड्रिड, एट्लेटिको मड्रिडलगायतका क्लबले प्रतिस्पर्धा गर्नेछ ।

रियल मड्रिडले गेटाफेसँग उसैको मैदानमा राति ८ः४५ बजे खेल्दैछ । गेटाफेविरुद्ध जित निकाल्दै रियल शीर्ष स्थानको बार्सिलोनाविरुद्ध दबाब कायम राख्न चाहन्छ ।

बार्सिलोनाले स्पानियोलसँग उसैको मैदानमा राति १ः४५ बजे खेल्नेछ । बार्सिलोना लिगको कमजोर टोलिविरुद्ध जित निकाल्दै शीर्ष स्थान रहने लक्ष्यका साथ मैदान उत्रनेछ ।

यस्तै एट्लेटिको मड्रिडले घरेलु मैदानमा लेभान्टेसँग खेल्दा अर्को खेलमा भ्यालेन्सियाले इबरसंग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्