Logo

सन्दीपको उत्कृष्ट प्रदर्शनमा मेलबर्नसामु मेलबर्न रेनिगेड्सद्वारा १४३ रनको लक्ष्य प्रस्तुत



Spread the love

१९ पुस, काठमाडौं । बिग ब्यास लिगकाे जारी खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सलाई मेलबर्न रेनिगेड्सले १४३ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको रेनिगेड्सले निर्धारित ओभरमा ९ विकेटको नोक्सानीमा १४२ रन बनाएको हो ।

उसका लागि शन मार्शले सर्वाधिक ४३ रन बनाए भने ब्यू वेब्स्टरले २९ रनको योगदान दिए । यस्तै एरोन फिन्च २५ रन बनाउँदा विल सदरल्याण्ड १६ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै, साम हार्परले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मेलबर्न स्टार्सका लागि नेपालका सन्दीपले सर्वाधिक ३ विकेट लिए । यस्तै डेल स्टेन र एडम जाम्पाको नाममा पनि २–२ विकेट रह्यो ।

पछिल्लो खेल सामान्य चोटका कारण विश्राममा रहेका सन्दीपले डर्बी खेलमा उत्कृष्ट पुनरागमन गरेका हुन् । उनले पहिलो ब्याटिङ गरेको रेनेगेड्सका दुई प्रमुख ब्याट्सम्यानलाई एकै ओभरमा आउट गरेका थिए । सन्दीपले समग्रमा ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्