Logo

प्रचण्ड भन्छन् , ‘नयाँ संविधान बनेको धेरैलाई मन परेको छैन’



Spread the love

१९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको र नयाँ संविधान धेरैलाई मन नपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले विगतमा राज गरेकाहरुले यसलाई उल्टाउन बल गरेको समेत बताए ।गद्दी नउल्ट्याउँदासम्म, श्रीपेच झिकेर नफाल्दासम्म राजामहाराजाहरुले जनतालाई नपत्याउने भन्दै उनले भने, ‘जनता जागेपछि उनीहरुले नपत्याउदाँ नपत्याउँदैपनि गद्दी खोसिदिन्छन् । राज्य उल्टिन्छ । राज्य उल्टेपछि उनीहरुले १० गुणा बढी शक्ति लगाएर राज्य फिर्ता ल्याउन लागिपर्छन् ।’

प्रतिक्रिया दिनुहोस्