Logo

फेरि माग्यो जापानले ठूलो संख्यामा नेपाली कामदार



Spread the love

१९ पुस, काठमाडौं । जापानले नर्सिङ केयर गिभरको लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । नेपालबाट जापानमा कामदार पठाउन भाषा परीक्षाको जिम्मेवारी पाएको जापान फाउण्डेशनले जनवरी र मार्चमा गरी २३ सय जनाको लागि भाषा परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

भाषा परीक्षा जनवरीको ७, ८, १४–१६, २१–२३, २८ र २९ तारिखका लागि तोकिएको छ । यस्तै मार्चमा भने ३–५, ९–११, १२, १५–१९ तारिखमा हुनेछ ।

भाषा परीक्षा काठमाण्डौको डिल्लीबजारमा रहेको युनिभर्सल ल्याङ्ग्वेज एण्ड कम्प्युटर इन्स्टिच्युटमा हुनेछ । परीक्षाको लागि आवेदन शुल्क २ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

परीक्षाको किसिममा कम्प्युटरमा आधारित परीक्षण (सीबीटी) टाइप, मार्क टाइप, राइटिङ टाइप र स्किल टाइप तोकिएको छ । यस्तै परीक्षाको विषयमा शब्दार्थ र लेखनशैली, कन्भेक्सनल र एक्स्प्रेसन तथा रिडिङ एण्ड लिस्निङ कम्प्रिहेन्सनलाई राखिएको छ ।

आवेदन दिनका लागि नेपाली नागरिकता, राहदानी वा सवारीचालक अनुमतिपत्र आवश्यक पर्ने र जापानी भाषामा ए टू तह उत्तीर्ण भएको हुनुपर्ने छ । यस्तै बोलीचालीको सामान्य जापानी भाषा बोल्न र बुझ्न सक्ने न्यूनतम योग्यता हुनुपर्ने छ ।

जापानले यसअघि कात्तिक सञ्चालन गरेको भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएका थिए ।

प्रतिक्रिया दिनुहोस्