Logo

नेपाल आइडलविरुद्ध परेको रिट खारेज



Spread the love

चर्चित रियालिटी शो नेपाल आइडलबिरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको मुद्दा खारेज भएको छ । दुबै पक्षको बहस सुनेपछि न्यायाधीश दिवाकर भट्टको इजलासले निवेदकको दाबी नपुगेको भन्दै रिट खारेज गरेको हो ।

अधिवक्ता न्यौपानेले नेपाल आइडलमा भोट गन्ने काम एक पक्षीय भएको भन्दै काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए । यसअघि बुधबार दिवाकर भट्टको एकल इजलासले नेपाल आइडल आयोजकलाई भोट गन्ने काम रोक्न र सक्कल फाइलसहित अदालतमा उपस्थित हुन आग्रह गरेको थियो ।

न्यौपानेले आइडलका जजहरुले मनपरि ढंगले  पुनः भोट आह्वान गरेको भन्दै सो निर्णयमा रोक लगाउन माग गर्दै मंगलबार मुद्दा दर्ता गराएका थिए ।

रिटको प्रारम्भीक सुनुवाई गर्दै दुबै पक्षलाई छलफलमा बोलाउनका साथै आजसम्म (१५ गते ८ः४५ देखि भोलिपल्ट १२ बजेसम्म आएको) भोट गणना नगर्न नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।शुक्रबार वादी प्रतिवादीको बहस सुनेपछि न्यायाधीश भट्टको इजलासले रिट निवेदन खारेजको फैसला सुनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्