Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
७११,२२०
संक्रमित
१८,९७५,२५४
निको भएका
१२,१६३,७५४
नेपालमा कोरोना भाइरस
मृत्यु
७३
संक्रमित
२२,५९२
निको भएका
१६,३१३

आँबुखैरेनीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु



२१, पुस, तनहुँ।  चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनीमा आइतबार साँझ एक बालकको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–१ खरानी गाउँका ८ वर्षीय पुजन सिंजाली मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

घर नजिक रहेको मामा घरबाट फर्कने क्रममा बालकलाई चितुवाले आक्रमण गरेको थियो । बालक सोही वडास्थित सूर्योदय आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ ।

लामो समयसम्म घर नफर्किएपछि खोजतसाल गर्दै जाँदा घरदेखि पूर्व करिब २०० मिटर भिरमा उनी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । चितुवा आक्रमणबाट तनहुँमा हालसम्म सात बालबालिकाले ज्यान गुमाइसकेको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्