Logo

एफ ए कपको चौथो चरणमा लिभरपुल र चेल्सी



Spread the love

२१ पुस, काठमाडौं । एफ ए कपको चौथो चरणमा प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर लिग प्रतिद्धन्द्धी एभर्टनलाई १–० ले तथा चेल्सीले नथिङघम फरेस्टलाई पराजित गर्दै चौथो चरणमा पुग्न सफल भएको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउने क्रममा कर्टिस जोन्सको गोल नै निर्णायक बन्यो । उनले खेलको ७१औं मिनेटमा डेभिड ओरिगीको पासमा गोल गर्न सफल भएका थिए ।

अर्काे खेलमा लन्डन क्लब चेल्सीले च्याम्पियनसिप क्लब नथिङघम फरेस्टलाई २–० ले पराजित गर्दै चौथो चरणमा पुग्न सफल भयो । चेल्सीको जितमा कलुम हड्सन ओडोइ र रोस बार्कलीले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्