Logo

सहिद स्मारक ए डिभिजन लिग: साबिक विजेता मनाङलाई मच्छिन्द्रको चुनौती



Spread the love

२१ पुस, काठमाडौं । ए डिभिजन लिगमा साबिक विजेता मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लब आज आमने सामने हुँदैछ । शनिबारको लागि तय भएको खेल मैदानको अवस्था खराव भएका कारण आजका लागि सारिएको थियो । दशरथ रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ ।

आजको खेल खेललाई बहुप्रतिक्षीत खेलका रुपमा हेरिएको छ। किनकी मनाङलाई साबिक च्याम्पियन बनाएका ७ खेलाडी अहिले मछिन्द्रमा रहेका छन्। यस्तै मनाङको खेलबाट अन्जन बिष्ट लिगमा फर्कने छन्। प्रतिबन्ध फुकुवपश्चात अन्जन पहिलो पटक मैदान उत्रदै छन् । लिगको चौंथो चरण सकिदा मनाङ अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ।

आजको खेलमा जित निकाल्ने टोलीले लिगमा अग्रस्थान बनाउने छ । लिगमा चार खेल खेलेको मनाङ तीन जित र एक बराबरीसँगै लिगको शीर्ष स्थानमा छ । समान खेल खेलेको मच्छिन्द्र तीन जित र एक बराबरीसँगै ९ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्