Logo

बालुवाटारमा ओली–प्रचण्डबीच छलफल चल्दै



Spread the love

२१ पुस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका कार्यकारी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखबारे निर्णय गर्न छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघिबाट सुरु भएको छलफलमा ओली र प्रचण्डको अलवा नेकपाका महासचिव विष्णु पौडेल पनि सहभागी छन् ।

नेकपाले सभामुखबारे निर्णय गर्न नसक्दा संसद नै बन्धक बनेको भन्दै पार्टीभित्रै आलोचना भइरहेको छ । नेकपाले सभामुख आफुले लिएर उपसभामुख अन्य दललाई प्रस्ताव गर्ने तयारी गरेपनि उपसभामुख शिवमाया तुम्वाहाङफेले राजीनामा नदिएकाले संसद बैठक पटकपटक सर्दै आएको छ । पुस ४ गते सुरु भएको प्रतिनिधि सभा बैठक सुचना टाँसेर त्यसयता दुई पटक स्थगित भैसकेको छ । अवको बैठक पुस २७ गतेलाई बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्