Logo

भेला भए पौडेल-सिटौला पक्षका जिल्ला सभापति सानेपामा



Spread the love

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षका जिल्ला सभापतिहरूको भेला सुरू भएको छ। सभापति शेरबहादुर देउवासँग भएको पछिल्लो विवादबारे छलफल गर्न वरिष्ठ नेता पौडेलले जिल्ला सभापतिको भेला डाकेका हुन्। भेलामा ४० बढी जिल्लाका सभापतिहरू सहभागी छ।

सभापति देउवालाई निर्णय सच्याउन दबाब दिन सोमबार जिल्ला सभापति भेला राखिएको हो। सभापति देउवा समूहका जिल्ला सभापति भने भेलामा सहभागी भएका छैनन्।

देउवाले गत पुस ११ गते बहुमतका अधारमा १४ औं महाधिवेशन कार्यतालिका ल्याएको, विधान मिचेर विभाग थपेको भन्दै पौडेल र सिटौला रूष्ट छन्।

प्रतिक्रिया दिनुहोस्