Logo

जनगणनामा स्थानीय जनशक्तिलाई उपयोग गर्न माग



Spread the love

२१ पुस,विराटनगर ।  राष्ट्रिय जनगणना–२०७८ लाई विश्वसनीय बनाउन प्रदेश र स्थानीय तहको भूमिका महत्वपूर्ण रहने औल्याइएको छ ।   मेरो गणना मेरो सहभागिता नारा’का साथ तथ्याङ्क कार्यालय मोरङद्वारा  आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले पालिकाको गणनामा स्थानीय जनशक्तिको प्रयोग गर्न सुझाव दिएका थिए ।

जनगणना आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुँदैछ ।  कार्यक्रमम जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले राज्यको साधन स्रोतको समुचित बाँडफाँटमा यसले सहयोग पुर्‍याउने चर्चा गर्दै गणना पूर्व अभ्यास गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यालयका प्रमुख अशोकुमार भट्टराईले  विदेशमा बस्नेको अनलाइन सूचना सङ्कलनका गर्नुका साथैसाथै ट्याबको प्रयोग गरी सही र विश्वासिलो गणना गर्ने विश्वास दिलाउनुभयो । मोरङ जिल्लामा एक हजार ५०० गणकले जनगणना सङ्कलन गर्ने छन् ।रासस

प्रतिक्रिया दिनुहोस्