Logo

यदि तपाईंंको पनि हतारमा खाना खाने बानी छ भने सावधान हुनुहोस्!



Spread the love

यदि तपाईं पनि छिट्टो-छिट्टो खाना खानुहुन्छ भने सावधान हुनुहोस् । छिट्टो-छिट्टो खाना खानाले वजन तीब्र गतिमा बढ्ने मात्र होइन मधुमेह र पाचन सम्बन्धी विभिन्न रोगहरु पनि लाग्न सक्छ । एउटा सर्वेक्षण अनुसार राम्रोसँग नचपाई छिट्टो-छिट्टो खाना खानाले तपाईको कार्डियोमेटाबोलिक (मुटु र पाचन सम्बन्धी) समस्याले स्वास्थलाई नोक्सान पुर्‍याउँछ ।

यदि छिटो-छिटो अनि खाना राम्रोसँग नचपाई खानुहुन्छ भने यो बानीले तपाईको वजन तीब्र गतिमा बढाउन सहयोग पुर्‍याउँछ । तर, तपाईले बिस्तारै-बिस्तारै खाना खाँदा मात्र सही मात्रामा आवश्यकता अनुसार खान सक्नुहन्छ ।

अध्ययनको अनुसार छिट्टो खाना खानाले दिमागलाई आवश्यक सन्देश प्राप्त हुँदैन । त्यसकारण आवश्यक हार्मोन्स निस्कन पाउँदैन । त्यसले गर्दा मानिसको इन्सुलिन पनि प्रभावित हुन्छ र इन्सुलिन प्रभावित भएका कारणले मधुमेह हुने खतरा बढ्छ । खाना राम्रोसँग चपाएर खानाले मुखमा भएका ब्याक्टोरियाको पनि अन्त्य हुन्छ ।

प्रतिक्रिया दिनुहोस्