Logo

CiST कलेजका विद्यार्थीहरू द्वारा सुकुम्वासी बस्तीमा न्यानो लुगा वितरण



Spread the love

२२ पुस, भक्तपुर – भक्तपुर जडीबुटी प्रगतिनगरको सुकुम्वासी बस्तीमा CiST कलेज BPH पाचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरू मिलेर गत शनिबार न्यानो लुगा वितरण गरेका हुन् ।

सबै विद्यार्थीहरू मिलेर सबैको घरबाट पुराना न्याना लुगा जम्मा गरी कम्तीमा ५० घरधुरीलाई न्यानो लुगा वितरण गरिएको BPH पाचौं सेमेस्टरमा अध्ययनरत विद्यार्थी दीपा घिमिरेले सल्लेरी खबरलाई जानकारी दिइन् ।

न्यानो लुगा वितरण बाट त्यहाँका आमाबुबा दिदीबहिनी तथा दाजुभाइको मुहारमा खुसी ल्याउनु र आफ्नो सानो सहयोगले अरूको जीवनमा ठुलो राहत पुर्‍याउनु हामी विद्यार्थीहरूको मुख्य उद्देश्य रहेको विद्यार्थी अमिषा खड्काले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्