Logo

सर्लाहीको महालक्ष्मी सुगर मिल आजदेखि सञ्चालनमा आउने



Spread the love

२३ पुस,  सर्लाही।  सर्लाहीको गोडैता नगरपालिका–६ बगदहमा रहेको महालक्ष्मी सुगर मिल सञ्चालन आउने भएको छ । किसानलाई भुक्तानी गर्नुपर्ने गत वर्षको बक्यौता रकम मिल सञ्चालक वीरेन्द्र कनौडियाले मङ्गलबार बैंकमा जम्मागरिदिएपछि आजदेखि सञ्चालनमा आउन लागेको हो ।
सञ्चालक कनौडियाले रु ११ करोड २६ लाख भुक्तानीका लागि बंैकमा जम्मा गरिदिनुभएको थियो ।गोडैता नगरपालिका प्रमुख देवेन्द्रकुमार यादवले सञ्चालकले किसानको पाउनुपर्ने रकम जम्मा गरिदिएपछि मिल सञ्चालनमा आउने जानकारी दिनुभयो ।

सो मिलले किसानको करीब रु २१ करोड बाँकी भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । “किसानको खातामा बुधबारदेखि पैसा भुक्तानी हुन्छ”, उहाँले भन्नुभयो, “किसानको खातामा पैसा राख्ने भएपछि उद्योग पनि आजदेखि सञ्चालन हुन्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्